मेट लाइफको मुनाफा ९ करोड ७१ लाख, अधिकांश सूचकमा झल्कियो वित्तीय प्रगति

३० कार्तिक २०८२, आईतवार ०८:३६

काठमाडौँ । मेट लाइफले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको मुनाफा ९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा झिनो ०.६८ प्रतिशतले मात्रै कम हो । गत आर्थिक वर्षको तीन महिनामा कम्पनीको मुनाफा ९ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको जीवन बीमा कोष २६ अर्ब ६६ करोड ७ लाख रुपैयाँबाट १४.८३ प्रतिशतले बढेर ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने कुल दाबी भुक्तानी ९.४६ प्रतिशतले बढेर ७७ करोड ९२ लाख रुपैयाँ पुगेको हो ।

समिक्षा अवधिमा कम्पनीको महाविपत्ती कोष १.७३ प्रतिशतले बढेर ५८ करोड ६८ करोड र जगेडा कोष सञ्चिती २.६३ प्रतिशतले बढेर २ अर्ब ६९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ३४ करोड र कुल खर्च २ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*