इच्छाकामना गाउँपालिकालाई प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा साढे ३७ लाख बीमा रकम हस्तान्तरण

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ उपाध्यक्ष माया सिलवाल सहितका जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा जलाइएका गाउँपालिकाका एक वटा स्कर्पियो र एक वटा बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप उक्त बीमा रकम प्रदान गरिएको हो।
प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानीमा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ।












