तीन महीनामा १४ जीवन बीमकको कुल आम्दानी ६६ अर्बमाथि, कुन कम्पनीको कति?

४ मंसिर २०८२, बिहीबार १२:३१

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरण अनुसार तीन महीनामा १४ वटा जीवन बीमा कम्पनीहरूले ६६ अर्ब ३२ करोड ५ लाख रुपैयाँ कुल आम्दानी गरेका छन्।

गत आवको तीन महीनामा ६३ अर्ब ९८ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेका कम्पनीहरूले त्यसको तुलनामा चालू आवमा ३.६५ प्रतिशत बढी आम्दानी गर्न सफल भएका हुन्। जीवन बीमा कम्पनीहरूमा कार्यरत अभिकर्ताहरू गाउँ, सहर जताततै फैलिएर आम नागरिकहरूको जीवन बीमा गर्दै व्यवसाय भित्र्याएका कारण यो राशीको आम्दानी गर्न कम्पनीहरू सफल भएका हुन्।

कुन कम्पनीको आम्दानी कति?
नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा ठूलो बीमा कम्पनी भएकाले यस कम्पनीले एक्लैले १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। त्यसपछि दोस्रोमा एलआईसी नेपालले ८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ र तेस्रोमा नेशलन लाइफले ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँको आम्दानी गरेको छ।

त्यसैगरी हिमालयन लाइफले ६ अर्ब २ करोड ४० लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ, एशियन लाइफले ३ अर्ब २३ करोड ७७ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ र मेट लाइफले २ अर्ब ३४ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ।

त्यस्तै सानिमा रिलायन्स लाइफले २ अर्ब २४ करोड ९९ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड ४१ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ।

वृद्धिदरका आधारमा
कम्पनीहरू गत आवको तीन महीनामा गरेको आम्दानीलाई चालू आवको तीन महीनामा गरेको आम्दानीसँग तुलना गरेर हेर्ने हो भने सिटिजन लाइफले सर्वाधिक २५.७६ प्रतिशतले, दोस्रोमा आइएमई लाइफले २५.३३ प्रतिशतले र तेस्रोमा सूर्यज्योति लाइफले १२.२८ प्रतिशतले आम्दानीमा वृद्धि गर्न सफल भएको छ।

त्यसैगरी मेटलाइफको ११.८४ प्रतिशत, नेशनलको ९.२३ प्रतिशत, सानिमा रिलायन्सको ७.४१ प्रतिशत, एशियनको ७.२० प्रतिशत, प्रभु महालक्ष्मीको ६.०८ प्रतिशत, एलआईसीको ५ प्रतिशत, नेपाल लाइफको २.१५ प्रतिशतले आम्दानी बढेको छ भने राष्ट्रिय जीवन बीमाको ३.७५ प्रतिशत, रिलायबलको ७.६७ प्रतिशत, हिमालयनको ८.०९ प्रतिशत र सन नेपालको २१.०१ प्रतिशतले कुल आम्दानी घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*