निर्जीवन बीकमद्वारा तीन महीनामा ३ अर्ब ६५ करोड खुद बीमाशुल्क आर्जन, कुन कम्पनीको कति?

काठमाडौं । नेपालमा सञ्चालित १४ वटै निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरण अनुसार कम्पनीहरूले तीन महीनामै ३ अर्ब ६५ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका हुन्।
कम्पनीहरूले गत आवको तीन महीनामा ३ अर्ब २० करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा १४.१३ प्रतिशतले वृद्धि भएको हो।
कुन कम्पनीको कति?
हिमालयन एभरेष्ट इन्स्योरेन्सले सर्वाधिक ६२ करोड ४१ लाख रुपैयाँ, दोस्रोमा सलिकोले ६२ करोड ११ लाख रुपैयाँ, तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
त्यसैगरी नेको इन्स्योरेन्सले २९ करोड ५४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले २९ करोड ७ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले २८ करोड ८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २४ करोड ५५ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २४ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

त्यसपछि नेपाल इन्स्योरेन्सले २० करोड ७९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १७ करोड ५७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १२ करोड ७ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ११ करोड १९ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ९१ करोड ४० लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ३८ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
वृद्धिदरको आधारमा
वृद्धिदरको आधारमा हेर्ने हो भने सलिको इन्स्योरेन्सको सर्वाधिक ९९.२० प्रतिशतले, दोस्रोमा नेपाल इन्स्योरेन्सको ५२.१६ प्रतिशतले र तेस्रोमा ओरियन्टल इन्स्योरेन्सको ४४.४६ प्रतिशतले खुद बीमाशुल्क आर्जनमा वृद्धि भएको छ।
त्यसैगरी एनएलजी इन्स्योरेन्सको ३०.०९ प्रतिशत, युनाइटेड अजोडको २७.२१ प्रतिशत, हिमालयन एभरेष्टको १०.५२ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ७.३१ प्रतिशत, नेकोको ३.४४ प्रतिशतले र सानिमा जीआईसीको ३.३९ प्रतिशतले बढेको छ।

त्यसपछि शिखरको ३.०२ प्रतिशतले र प्रभु इन्स्योरेन्सको १.०९ प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १०.९८ प्रतिशत, नेशनल इन्स्योरेन्सको १७.४४ प्रतिशतले र राष्ट्रिय बीमा कम्पनीको ७९.७४ प्रतिशतले खुद बीमाशुल्क घटेको छ।













