सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा दोब्बरले बढ्यो, ९२ वटा मध्ये कसको कति ? (तथ्यांकसहित)

१२ मंसिर २०८२, शुक्रबार १२:०६

काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९२ कम्पनीले ५ अर्ब ६ करोड ५२ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ९२.९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनामा कम्पनीहरुले २ अर्ब ६२ करोड ५५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक वर्षको असोज महिनासम्ममा १७ कम्पनीको मुनाफा ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १३ कम्पनी मात्रै ऋणात्मक देखिएको छ ।

सर्वाधिक नाफा आर्जन गर्ने सूचीको पहिलो नम्बरमा अपर तामाकोशी रहेको छ । तीन महिनामा कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा १६४.९९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ६३ करोड १९ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, धेरै नाफा कमाउने दोस्रो नम्बरमा रहेको साहस उर्जाको मुनाफा २३.६६ प्रतिशतले बढेर ४९ करोड ४८ लाख रुपैयाँ, माउन्टेन इनर्जीको ३८.६७ प्रतिशतले बढेर ४२ करोड ३४ लाख, ग्रीन भेन्चर्सको २८.५२ प्रतिशतले बढेर ३० करोड २८ लाख, राधी विद्युतको ८११.६३ प्रतिशतले बढेर २७ करोड ८५ लाख, अपि पावरको ४४.६१ प्रतिशतले बढेर २६ करोड २७ लाख र सानिमा मिडलको ४४ प्रतिशतले बढेर २१ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा चिलिमे हाइड्रोपावरले २० करोड ५८ लाख, सानिमा माईले १६ करोड ४७ लाख, साञ्जेन जलविद्युतले १५ करोड ३८ लाख, बलेफी हाइड्रोपावरले १२ करोड ४४ लाख, अपर सोलु हाइड्रोले ११ करोड ६४ लाख, सिंगटी हाइड्रोपावरले ११ करोड २२ लाख, सुपर मादी हाइड्रोपावरले ११ करोड १८ लाख, स्वेट–गंगा हाइड्रोपावरले ९ करोड ७२ लाख, सिक्लेस हाइड्रोपावरले ८ करोड ७२ लाख, बिध्याबासिनि हाइड्रोपावरले ८ करोड ७६ लाख, माउन्टेन हाइड्रोपावरले ८ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यसअवधिमा रसुवागढी हाइड्रोपावर सबैभन्दा बढी नोक्सानीमा रहेको छ । कम्पनीले ६५ करोड ३३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । साथै, मेन्छियाम हाइड्रोपावर ४६ करोड १० लाख र अपर लोहरे खोला हाइड्रोपावर २३ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कुनको मुनाफा कति ?

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*