सिटिजन लाइफले चार महीनामा दियो ३० करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी

१५ मंसिर २०८२, सोमबार ०८:५२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को चार महीनामा आफ्ना बीमितहरूलाई ३० करोड ८१ लाख ९३ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ।

कम्पनीका अनुसार कात्तिक महीनामा मात्रै कम्पनीले आफ्ना बीमितहरूलाई ६ करोड ६४ लाख ५६ हजार रुपैयाँ दाबी भुक्तानी बापत दिएको छ। कम्पनीमा बीमा गराएका बीमितको तर्फबाट दाबी भुक्तानीका लागि निवेदन परेपछि कम्पनी आफैंले तदारुकता देखाएर दाबी दिने गरेको जनाएको छ।

चालू आवको असोज महीनासम्म (तीन महीनामा) यस कम्पनीले बीमितहरूलाई २४ करोड १७ लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी दिएको थियो। असोज महीनामा मात्रै ८ करोड २१ लाख ३२ हजार रुपैयाँ दाबी भुक्तानी दिएकोमा त्यसको तुलनामा कात्तिकमा भने घटेको देखिएको छ।

कम्पनीले ‘विश्वास, सुरक्षा र साथ–तपाईंको जीवनको प्रत्येक क्षणमा’ भन्ने मूल अभिप्रायका साथ बीमा दाबी परेपछि त्यसलाई गम्भीरतापूवर्क लिएर सकेसम्म छिटो र सहज ढंगले बीमितको घरदैलोमै पुगेर भए पनि दाबी भुक्तानी गर्ने गरिएको बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*