जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

१५ मंसिर २०८२, सोमबार ११:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको एक तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आवको कात्तिक महीनासम्म ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीहरूले गत आवको कात्तिक महीनासम्म ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवमा १६.५३ प्रतिशतले कुल बीमाशुल्क आर्जन बढेको हो।

नेपाल लाइफले सर्वाधिक १७ अर्ब ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेशनल लाइफले ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ, एलआईसी नेपालले ६ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ, हिमालयन लाइफले ५ अर्ब ६४ करोड ७ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसपछि सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ९९ करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख रुपैयाँ, मेट लाइफले २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

वृद्धिदरको आधारमा हेर्ने हो भने राष्ट्रिय जीवन बीमाको १८३.६६ प्रतिशत, आइएमई लाइफको २६.६८ प्रतिशत, सिटिजन लाइफको २१.४० प्रतिशत, रिलायबल लाइफको १९.२५ प्रतिशत, नेशनलको १६.०९ प्रतिशत, सूर्यज्योतिको ११.९७ प्रतिशत र मेट लाइफको ११.६८ प्रतिशतले कुल बीमाशुल्क आर्जन बढेको छ।

त्यसैगरी प्रभु महालक्ष्मी लाइफको १०.८३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १०.७९ प्रतिशत, नेपाल लाइफको १०.३८ प्रतिशत, एशियन लाइफको ९.१७ प्रतिशत, एलआईसी नेपालको ६.८१ प्रतिशत, सन नेपाल लाइफको १.४९ प्रतिशत र हिमालयन लाइफको १.०३ प्रतिशतले कुल बीमाशुल्क आर्जन बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*