लघु जीवन बीमकले चार महीनामै गरे ३२ करोडको व्यवसाय

काठमाडौं । चालू आर्थिक वर्षको चार महीनाको अवधिमै तीन वटा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय मार्फत ३२ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफले व्यवसाय मार्फत ११ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने त्यसलाई कडा टक्कर दिंदै क्रेष्ट माइक्रो लाइफको ११ करोड ५६ लाख रुपैयाँको व्यवसाय गरेको छ।
लिवर्टी माइक्रो लाइफले पनि ९ करोड ५६ लाख रुपैयाँको बीमा व्यवसाय गरेको तथ्यांकले देखाएको छ। यी कम्पनीहरूले २१ लाख २९ हजार ९२३ वटा बीमा पोलिसी जारी गरी यो राशीको व्यवसाय गर्न सफल भएका हुन्।
गार्डियन माइक्रो लाइफले कात्तिक महीनामा २ करोड ६४ लाखको व्यवसाय गरेको छ भने क्रेष्ट माइक्रो लाइफले २ करोड ९४ लाख रुपैयाँको र लिवर्टी माइक्रो लाइफले २ करोड ३६ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ।












