मेटलाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

१७ मंसिर २०८२, बुधबार ०७:१४

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्ष ०८१/०८२ सम्मको बीमांकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरूका लागि सोही अवधिको प्रति वर्ष प्रति हजार बीमांक अनुसार बोनसदर निर्धारण गरेको हो।

कम्पनीले अग्रिम भुक्तानी बीमा योजनामा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, शिक्षा संरक्षण योजना बीमामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र माइ चाइल्ड एजुकेशन प्रोटेक्शन प्लानमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर दिने भएको छ।

यो बोनसदर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरूमा लागू हुने कम्पनीले जनाएको छ। साथै अर्काे बीमांकीय मूल्यांकन अनुसार नेपाल बीमा प्राधिकरणबाट अर्काे व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरूमा समेत सोही बोनसदर लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*