लमजुङको बेसीशहरमा लिवर्टी माइक्रो लाइफद्वारा बीमा सचेतना कार्यक्रम आयोजना

१७ मंसिर २०८२, बुधबार ०८:५३

काठमाडौं । लमजुङ जिल्लाको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमा सचेतना अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। लमजुङको बेसीशहर–७ स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसमा सोमबार कम्पनीको बेसीशहर शाखाले उक्त कार्यक्रमको आयोजना गरेको हो।

उपशाखा प्रमुख निश्चल रेग्मीले अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षण दिएका थिए। कार्यक्रममा प्रमुख रेग्मीले बीमाको पहुँच विस्तार, दुर्गम क्षेत्रसम्म पुग्ने, बीमा खर्च नभई लगानी हो भन्ने चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा उनले जीवन बीमा, बीमाको प्रकार, लघुजीवन बीमा, बीमा कसरी गर्ने, यसका फाइदाहरू, यसका महत्त्वहरू र पारिवारि सुरक्षा किन महत्त्वपूर्ण छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

‘सुलभ र किफायती जीवन बीमा सबैका लागि’ भन्ने मूल नाराका साथ सचेतना कार्यक्रम विभिन्न ठाउँमा गर्दै आएको प्रमुख रेग्मीको भनाई थियो। कार्यक्रममा क्याम्पसका ७० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*