पाथीभरा केवलकारमा चन्द्र ढकालको अर्बौं रुपैयाँ बालुवामा पानी बन्दै, तर प्रयास अझै जारी

२१ मंसिर २०८२, आईतवार १२:१७

काठमाडौं । विवादित पाथीभरा केवलकारमा अर्बपति व्यापारी चन्द्र ढकालको अर्बौ रुपैयाँ लगानी बालुवामा पानी बन्ने लगभग निश्चित जस्तै देखिएको छ । पहिचानवादी र पाथीभराको मुकुम्लुङ सभ्यताप्रेमीहरुले पाथिभराको जंगल र पहिचान मासेर केवलकार सञ्चालन गरी व्यापार गर्न नदिने स्पष्ट अडानपछि अब नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालको अर्बौ रुपैयाँ डुब्ने लगभग निश्चित जस्तै देखिन आएको हो ।

पाथीभरामा केवलकार बन्नै नदिने र कथम् कदाचित बनाइहालेको अवस्थामा पनि ठमेलको छाँयासेन्टरजस्तै अन्योलग्रस्त हुने देखेर पनि जानाजान केवलकार बनाउन उद्यत भइरहेको सो समुहलाई एमाले ताप्लेजुङ नेता योगेश भट्टराईले दह्रो साथ दिएका थिए । केवलकारमा साथ दिए बापत मन्त्री पद समेत त्यागेका भट्टराईले त्यसबाट ठूलै रकम फाइदा लिइसकेको चर्चा बजारमा व्याप्त छ । एमालेका नेता भट्टराईले श्रीमतीको नाममा सस्तोमा जग्गा किनेर चन्द्र ढकाललाई महंगोमा बिक्री गरेको आरोप सामाजिक सञ्जालमा मदन ढुंगानाले लगाएका छन् ।

उता व्यापारी चन्द्र ढकाल भने पाथीभरा केवलकार करोडौं रुपैयाँ डुबिसकेपछि बल्ल पानी छम्के झै हुन पुगेका छन् अर्थात उनको होस खुल्न थालेको छ । पाथिभरामा केवलकार बन्नै दिएनन् भने त्यत्रो लगानी कसरी असुल गर्ने ? यदि बनाईहालेको अवस्थामा सञ्चालन हुन नदिएको अवस्थामा त्यो परियोजनामा फसेको रकम कहाँबाट पुर्ती गर्ने ? भन्ने गम्भिर प्रश्न र चिन्तामा डुब्न थालेको जनाइएको छ ।

पछिल्लो पटकको अवस्था पाथीभरामा अहिले केवलकारको नाम लिनै नसक्ने स्थिति छ । गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा पाथीभरा मात्रै नभई काठमाडौंस्थित थानकोटको चन्द्रागिरी केवलकार, नवलपरासीको मौलाकालिका केवलकारमा समेत तोडफोड र आगजनी गरिएको थियो । जसबाट आइएमई ग्रुपलाई करोडौं रुपैयाँको घाटा लागिसकेको छ । जेनजी आन्दोलनको एउटा महत्वपूर्ण फ्याक्टरको रुपमा पाथीभरा केवलकारका कारण उत्पन्न पहिचानवादी आन्दोलन समेतलाई हेरिएको छ । सोही कारण पनि अब राज्यले थप जोखिम लिएर व्यापारीका लागि पाथीभरामा थप गोली चलाउने तथा दमन गर्न सक्ने अवस्था छैन ।

आगामी दिनमा पाथीभरामा पुगेर केवलकारको निर्माण गर्न धेरै चुनौतिहरु रहेको स्थानीयबासीहरुको भनाई छ । बीमापोष्टको सम्पर्कमा आएका ताप्लेजुङका एक सुरक्षा अधिकारीले पहिलेको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेकोले अब पनि बलपूर्वक निर्माण गर्छु भनेर अघि बढेमा आत्मघाती हुनसक्ने चेतावनी दिएका छन् ।

हालसम्म पाथिभरा केवलकारमा कति लगानी भयो भनेर स्पष्ट भइसकेको छैन । तर पनि आईएमई समुहले पाथीभराको केवलकार निर्माण कार्य अझै त्यागिसकेको छैन अर्थात अझै प्रयास जारी राखेको छ र सो कार्यका लागि फेरि पनि सेटिङ हुनसक्ने चर्चा व्याप्त छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*