सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने

२६ मंसिर २०८२, शुक्रबार १२:४८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१र८२ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

स्वीकृत बिमाङ्किय मूल्यांकन अनुसार कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने भएको छ ।

बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरेको सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले समय सापेक्ष प्रबिधि तथा सेवाहरुमा उत्कृष्ट दिदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ ।

कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनि बन्दै आइएसओ ९००१ – २०१५ द्वारा बिभूषित भएको एकमात्र जीवन बीमा कम्पनि बन्न सफल पनि भएको छ ।

4x35 cc_Bonus Rate_Notice (3)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*