लिबर्टी माइक्रो लाइफको १०० प्रतिशत विलम्ब शुल्क छुट लिने आज अन्तिम दिन

२९ मंसिर २०८२, सोमबार ११:००

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख नवीकरण तथा पुनर्जागरणका क्रममा लाग्ने बक्यौता बीमाशुल्कको विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने सुविधा आजबाट समाप्त हुने जनाएको छ ।

भदौं १५ गतेदेखि लागू गरिएको यो छुट सुविधा २०८२ मंसिर मसान्त मात्रै भएका कारण आज उक्त छुटको लाभ लिन सकिने अन्तिम दिन रहेको छ । ग्राहकहरूले बीमालेख नवीकरण वा पुनर्जागरण गर्दा विलम्ब शुल्क तिर्नु पर्दैन ।

सीमित समयका लागि उपलब्ध यो अवसरको अधिकतम लाभ लिन कम्पनीले आफ्ना सम्पूर्ण ग्राहक तथा अभिकर्ता  हरूलाई ढिला नगरी बीमालेख नवीकरण तथा पुनर्जागरण गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*