गण्डकी प्रदेशले तीन दिन अभिकर्ता परीक्षा सञ्चालन गर्ने

३ पुष २०८२, बिहीबार ११:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय, पोखराले तीन दिन जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता) को परीक्षा लिएर मात्र इजाजतपत्र प्राप्त गर्न सकिने व्यवस्था भएकाले प्रदेशले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्न लागेको हो।

परीक्षा पुस ४ गते शुक्रबार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सञ्चालन हुनेछ। त्यसैगरी पुस ७ गते सोमबार दिउँसो २ः३० बजेदेखि ४ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। त्यसैगरी पुस ८ गते मंगलबार दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म परीक्षा सञ्चालन गरिनेछ।

परीक्षामा देश भरीबाट इच्छुकले सहभागिता जनाउन सक्ने प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले जनाएको छ। परीक्षामा उत्तीर्ण हुनेले जीवन बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गर्नेछन् भने लाइसेन्स पाएपछि अभिकर्ताको रूपमा काम गर्न पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*