सिटिजन लाइफ इन्स्योरेन्स महाराजगंज शाखाद्वारा बीमा दावी भुक्तानी

६ पुष २०८२, आईतवार १७:००

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको महारागंज शाखाले आइतबार बीमितकी श्रीमतीलाई मृत्यु दावी वापत कुल ११ लाख १९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।

कम्पनीले संखुवासभाको मादी गाउँपालिका–६ का बीमित कुल बहादुर थिङको दुर्घटनामा परी मृत्युपश्चता उनकी श्रीमती रणमाया तामाङलाई बीमांक रकम बराबर पाँच लाख रुपैयाँ, दुर्घटना वापत पाँच लाख रुपैयाँ, काजकिरीया वापत ५० हजार रुपैयाँ र बोनश वापत ६९ हजार रुपैयाँसहित ११ लाख १९ हजार रुपैयाँको दावी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीको महाराजगंज शाखा प्रबन्धक दिपक पोखरेलले भने, ‘उहाँले २० वर्षे बीमा गर्नुभएको थियो र अहिले सो रकम प्राप्त गरेपछि अब बीमा अवधि समाप्तीमा थप पाँच लाख रुपैयाँ बीमितकी श्रीमतीले प्राप्त गर्नेछिन्।’

बीमा दावी रकम लिदै बीमितकी श्रीमती रणमाया तामाङले कोही नहुँदा पनि बीमा हुदोरहेछ र अब मेरो बाच्ने साहार सिटिजन लाइफ बनेको बताउँदै कम्पनीलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*