लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले डाक्यो साधारणसभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ।
सभाले गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।













