छोरीको पास्नीमा हिमालयन लाइफको बीमा पोलिसी उपहार

८ पुष २०८२, मंगलवार ०८:३१

काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ ।

यसै क्रममा दोलखा जिल्ला शैलुङ गाउँपालिका ८ घर भई हाल काठमाडौं बसोबास गर्दै आएका बुबा रविन कोइराला र उनको परिवारले छोरीको पास्नीको दिनमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनीहरूले आफ्नी छोरी रश्मिका कोइरालालाई हिमालयन लाइफ इन्स्योरेन्सको बीमालेख उपहार दिएका हुन्।

हिमालयन लाइफ इन्स्योरेन्सको भैंसेपाटी शाखामा कार्यरत एजेन्सी म्यानेजर, इमरजिन स्टार तथा बागमती प्रदेश स्टार बलराम कार्कीले उक्त बीमा गराएका हुन् ।

भैंसेपाटी शाखा प्रमुख हरि बस्नेतले बीमाको बिषयमा सम्पूर्ण जानकारी गरी भबिष्यको लागि बचत र सुरक्षाको साथै आफ्नो परिवार र छोरा छोरीको उज्ज्वल भविष्य निर्माण गर्न बीमा एकदमै आवश्यक भएको बताए ।

बुबा रविन कोइराला र आमा सिम्रन खत्रीले छोरी रश्मिका कोइरालाका लागि १० लाख रुपैयाँ बीमाङ्कको १५ वर्षे जीवन बीमा योजना खरिद गरी उपहारस्वरुप दिएका छन् । उपहारले माया प्रकट गर्नेमात्र नभइ परिवारमा भविष्यप्रतिको जिम्मेवारीसमेत बोध हुने उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*