लघु निर्जीवन बीमकको व्यवसाय ४६.३७% ले बढ्यो, प्रोटेक्टिभको सर्वाधिक र ट्रस्टको उच्च ग्रोथ

११ पुष २०८२, शुक्रबार १३:३५

काठमाडौं । हाल सञ्चालनमा रहेका लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ४९ करोड ६० हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार चार लघु निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

गत आर्थिक वर्षको तुलनामा लघु निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ४६.३७ प्रतिशतले बढेको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

समीक्षा अवधिमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको कुल व्यवसाय गत आर्थिक वर्षको तुलनामा ५८.९३ प्रतिशतले बढेर १३ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा आठ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

साथै, नेपाल माइक्रो इन्स्योरेन्सको बीमा शुल्क आर्जन २८.७१ प्रतिशतले बढेर १३ करोड तीन लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सको ६३.२७ प्रतिशतले बढेर १२ करोड ६० लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सको ३९ प्रतिशतले बढेर १० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*