सन नेपाल लाइफ रामपुर शाखाद्वारा २० लाख रुपैयाँको बीमा दावी भुक्तानी

११ पुष २०८२, शुक्रबार १४:२९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स रामपुर शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । रामपुर नगरपालिका ५ निवासी हुम बहादुर बिकले सुरक्षा बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा ‘सुरक्षा म्यादी जीवन बीमा’ अन्तर्गत कम्पनीबाट मृत्युदाबी भुक्तानी गरिएको हो ।

रामपुर नगरपालिका वडा नम्बर ५ निवासी हुम बहादुर बिकले सहकारी मार्फत २० लाख रुपैयाँ ऋण लिएकोमा सो ऋणको बीमा सन नेपाल लाइफ इन्स्योरेन्समा गरिएको थियो । ऋणी बिकको निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्युदाबी बापत २० लाख रुपैयाँ र क्रियाखर्चका लागि थप १० हजार रुपैयाँ मृतककी श्रीमती राधा बिकलाई हस्तान्तरण गरेको छ । उक्त दावी भुक्तानी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्तान्तरण गरेका छन् ।

दावी भुक्तानी कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल र प्रमुख बजार अधिकृत गणेश चौलागाईं लगायतको उपस्थितीमा सो चेक सहकारीका सल्लाहकार लेखनाथ रेग्मी, अध्यक्ष मन्जु भट्ट र व्यवस्थापक ईन्द्रराज सिग्देल सहितको रहोबरमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै सिइओ अर्यालले जीवन बीमा दुःखको साथी र सम्पत्ति जोगाउने माध्यम भएको बताए । उनले भने, ‘बीमा व्यवसायिक र व्यक्तिगत दुवै जोखिम न्यूनीकरणमा सहायक छ। महिलाको सशक्तीकरणमा यसले ठूलो योगदान पुर्‍याइरहेको छ। हाल देशभरका करिब ४ हजार सहकारी संस्था सन नेपाल लाइफसँग आबद्ध छन्।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*