जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन करिव ७७ अर्ब, नेपाल र नेशनलको सबैभन्दा बढी

१३ पुष २०८२, आईतवार १६:०३

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा कुल २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले नौ अर्ब २७ करोड दुई लाख रुपैयाँ र एलआइसी नेपालले आठ अर्ब १८ करोड १० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको चार अर्ब ४७ करोड ९१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको तीन अर्ब ७५ करोड १७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*