लघु बीमाका अभिकर्तालाई पनि अनलाइन परीक्षा अनिवार्य

१७ पुष २०८२, बिहीबार ०९:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमाका अभिकर्तालाई पनि अनलाइन परीक्षा अनिवार्य गरी परीक्षा सञ्चालन गर्दैछ।

प्राधिकरणले लघु जीवन बीमा अभिकर्ताको परीक्षा सम्बन्धित कम्पनी मार्फत सञ्चालन भइरहेको जनाउँदै सञ्चालित परीक्षा प्रमाणपत्रबाट पुस ८ गतेसम्म आईआरएसआईएस सिस्टमबाट इजाजत पत्रको लागि फरवार्ड गरिएको जनाएको छ।

त्यसपछि बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा (२) तथा नियमावली, २०८१ को नियम ६३ बमोजिम पुस १८ गते शुक्रबारदेखि प्राधिकरणले लघु जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्ने जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*