सन नेपाल लाइफद्धारा विपन्न विद्यार्थीका लागि न्यानो कपडा वितरण

१९ पुष २०८२, शनिबार २०:११

काठमाडौं ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गा। पा ०१ मा रहेको श्री हिमालय माध्यमिक विधालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र छात्राहरुका लागी न्यानो कपडा वितरण गरेको छ।

विद्यालयका प्रधानाध्यापक मन बहादुर खत्रीले इन्स्योरेन्स भनेको नै दुःख को सारथी रहेको र समाजका विपन्न विधार्थीका लागी न्यानो कपडा वितरण जस्तो पुण्यको काम गरी यो चिसोमा विधार्थीको अन्तरआत्मा खुसी पारी सहज अध्ययनको वातावरण गरी सहयोग गर्ने सन नेपाल लाइफ लाई धन्यवाद व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष श्री चुरा बहादुर खत्रीले कठ्याङ्ग्रीदो चिसोमा विपन्न छात्र छात्राहरुका लागी न्यानो कपडा वितरण गरी समाजमा आफ्नो न्यानो उपस्थितीको लागि सन नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद व्यक्त गरे ।

इस्मा गा पा उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले सडक वालवालीका का लागि न्यानो कपडा वितरण , इस्मा गा ।पा ०१ मा गत वर्ष लागेको आगलागी भई आफ्नो सम्पत्ती नष्ट भएका करीव ४५ परिवार लाई लगाउने कपडा सन नेपाल लाइफ इस्योरेन्स ले यस अघि वितरण गरेको सम्झँदै पुनः यस वर्ष समेत अत्याधिक चिसोका कारण पढाइमा असहज वातावरण नहोस भन्ने हेतुले न्यानो कपडा वितरण गर्ने सन नेपाल लाइफ इन्योरेन्सले पालिकामा बीमाको पुण्य कर्म , सुरक्षासँगै धेरै जनालाई स्वरोजगार समेत बनाएकोमा आफ्नो पालिकाले बीमाका लागी गर्ने सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता सँगै यस पुण्य कर्मका लागी धन्यवाद व्यक्त गरे।

कार्यक्रममा बोल्दै कम्पनीका लुम्बिनी क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले सन कम्पनीबाट विपन्न तथा जेहेन्दार विधार्थीहरुलाई न्यानो कपडा सेट वितरण गर्न पाउँदा खुसी महसुस भएको र कम्पनी समुदायकै अभिन्न अंग भएका कारण सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताउनु भयो, स्थानीय सरकारले योजना बनाउँदा बीमालाई समावेश गर्दा भोलि आईपर्ने आपत विपतलाई व्यवस्थापन गर्न सहज हुने हुँदा बीमालाई स्थानीय बजेटमा समावेश गरी अघि बढ्न सुझाव दिए ।
सन नेपाल लाइफले पर्यावरणीय संरक्षण र दिगो विकासका लागि लुम्विनी वल्ड पिस फोरमसँगको सहकार्यमा १० लाख वृक्ष रोपण गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो ।

कम्पनीका गुल्मी शाखा प्रबधक नविन अर्यालले विमाको मर्म नै अप्ठयारोमा परेका लाई उद्दार गर्ने सेवाभाव रहेको र कम्पनीले ७७ जिल्लामा गरी १४० शाखा संचालन गरी समाजलाई सुरक्षित बनाउने कार्यमा लागेको बताउनु भएको थियो ।

कार्यक्रममा इस्मा गा पा ०१ का वडाध्यक्ष शेर बहादुर कुँवर वार्ड नं ३ का वडाध्यक्ष ज्योतिराज कुँवर, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि रेडक्रस सर्कलका पदाधिकारी तथा प्रतिनिधि, इस्मा गा।पा। का मा विका शिक्षक शिक्षिका, विधालयका सम्पूर्ण शिक्षक विधार्थी, व्यवस्थापन समिति, विधार्थीहरु र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी का अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*