नेपाल लाइफमा कुन सञ्चालकको शेयर स्वामित्व कति?

२० पुष २०८२, आईतवार १२:३०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकहरूको कुल ५६ लाख १४ हजार ६३९ कित्ता शेयर स्वामित्व रहेको छ।

जसमध्ये सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको मात्रै ४८ लाख ४४ हजार १३० कित्ता शेयर स्वामित्व रहेको छ। दोस्रोमा सञ्चालक समितिका सदस्य शक्ति कुमार गोल्याणको ७ लाख ५९ हजार ३२२ कित्ता शेयर रहेको छ।

त्यसैगरी सञ्चालक कमलेश कुमार अग्रवाल (ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रा.लि का प्रतिनिधि) सँग ४ हजार ६२१ कित्ता, कृष्णराज लामिछानेसँग ४ हजार ५१४ कित्ता, शर्मिला श्रेष्ठ महर्जनसँग १ हजार ५० कित्ता र बिमल प्रसाद ढकालसँग १ हजार २ कित्ता शेयर स्वामित्व रहेको छ।

यो कम्पनीको गत असार मसान्तसम्मको विवरण हो। कर्मचारीका लागि छुट्याइएको प्राथमिक शेयर र एफपीओमा परेको शेयर बाहेक पदाधिकारीले कुनै शेयर नलिएको कम्पनीका माइन्यूटमा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*