सामाजिक उत्तरदायित्वमा सिटिजन लाइफ : गुल्मीका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

२१ पुष २०८२, सोमबार १४:२९

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुल्मीको इस्मा गाउँपालिका–६ स्थित श्री बुल्म आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक माया महत कुवर जी ले बीमा भनेको दुःखको सारथी भएको उल्लेख गर्दै चिसो मौसममा विद्यार्थीहरूको अध्ययन वातावरण सहज बनाउने उद्देश्यले न्यानो कपडा वितरण गरेकोमा सिटिजन नेपाल लाइफ इन्स्योरेन्सप्रति धन्यवाद व्यक्त गरे ।

त्यस्तै, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष बोमलाल भण्डारी जी ले कठ्याङ्ग्रिँदो चिसोमा विपन्न विद्यार्थीहरूलाई लक्षित गरी गरिएको सहयोगले समाजमा कम्पनीको न्यानो उपस्थिती झल्किएको भन्दै आभार प्रकट गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका लुम्बिनी प्रदेश क्षेत्रीय प्रबन्धक दुर्गा राज ढकाल ले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्न पाउँदा खुशी लागेको बताए । उनले सिटिजन लाइफ समुदायको अभिन्न अंग भएकाले सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै, स्थानीय सरकारले योजना निर्माण गर्दा बीमालाई समावेश गरेमा भविष्यका आपत्–विपत् व्यवस्थापन गर्न सहज हुने सुझाव दिए । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिमा सेवा प्रधान गर्ने सस्था मात्र नभई समाज प्रति जिम्मेवारी र सामाजिक प्रति उत्तिकै महत्तो दिने कम्पनी रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*