संघर्षले बीमा व्यवसायमा चम्किएका सिटिजन लाइफका बिनोद, यसरी भए सफल

२७ पुष २०८२, आईतवार १६:०८

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुँदैन । जिन्दगीको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला बीमा अभिकर्ता बिनोद प्याकुरेलले निश्चित राजमार्गमा आफ्ना पाईलाहरू अगाडि बढाइरहेका छन् ।

शायद अब उनलाई ती अफ्ठ्यारा घुम्तीहरूमा फेरि ठोक्किन पर्ने छैन । ती अफ्ठ्यारा घुम्तिहरू पार गर्न उनलाई सिटिजन लाइफ इन्स्योरेन्सले ठूलो सहयोग गरेको छ । मध्य नेपालको नुवाकोटमा जन्मेका बिनोद प्याकुरेल यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर बीमा व्यवसायमा तल्लिन छन् ।

आफ्नो जीवन बीमा क्षेत्रमा समर्पण गरेका प्याकुरेल आफू र आफ्नो परिवारको सुन्दर भविष्य, आफ्ना इष्टमित्र, आफन्तजन तथा आम सर्वसाधारणलाई बीमाको माध्यमबाट जोखिम हस्तान्तरण गर्ने अनि देश निर्माणको लागि पूँजी जुटाउने महान् अभियानमा छन् । उनको यात्रा निरन्तर चलिरहेको छ दैनिक रूपमा फैलिंदै र झाँगिदैछ ।

बीमा व्यवसायी भएसँगै उनको जिवन मात्रै होइन हजारौं मान्छेहरू जसले बीमा गराए वा बीमा अभिकर्ता बने उनीहरू समेत सुरक्षित भएका छन् । उनीसँग बीमा गरेका सयौं बीमितहरू यतिबेला जिन्दगीको घुम्तीमा कोही कतै दुर्घटना भएपनि सुरक्षित हुने बाटो तय गरेका छन् ।

भनिन्छ मानिसको जीवनमा नयाँ मोड कतिबेला आउँछ त्यो त केवल नियतीलाई मात्रै थाहा हुन्छ । आफ्नो जीवनको सानो जोखिम रक्षावरण गर्न जीवन बीमा गर्दा उनको जीवनको गन्तव्य र लक्ष्य मात्रै फेरिएन अब जीवनको परिचय नै बद्लिएको छ । यातायात क्षेत्रमा आबद्ध भएर दिनचर्या बिताइरहेका बिनोदको सपना अब बीमा क्षेत्रमा नयाँ इतिहास कायम गर्नेमा केन्द्रित छ ।

नुवाकोट जिल्लाको तत्कालीन गेर्खु गाविस– ८ मा जन्मिएका बिनोद सानैदेखि स्वतन्त्रता चाहन्थे । आर्थिक रूपमा स्वतन्त्र भई आफ्नो जीवनमा नयाँ गोरेटो खोज्दै थिए । यसैबीचमा उनले आफ्नो जीवन बीमा गर्नको लागि थुपै्र कम्पनीहरू खोजे । अथक प्रयासपछि उनले सिटिजन लाइफ इन्स्योरेन्समा गएर बीमा गराएको बताउँछन् ।

‘मैले आफ्नो बीमा गर्नको लागि धेरै कम्पनीहरू खोजेको थिएँ तर सिटिजन लाइफ उत्कृष्ट लागेपछि यहिं आफ्नो बीमा गरें । बीमापछि सरहरूको सल्लाह अनुसार बीमा व्यवसायको थालनी गरेको हुँ ।’ उनले भने ।

काठमाडौंको एकान्तकुनामा लेखाजोखा कार्यालय सञ्चालन गरी दिनचर्या बिताइरेहका प्याकुरेललाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने मनभित्र डर त थियो तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छाड्ने उनमा दृढता थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायिक तथा सफल एजेन्सी म्यानेजरको रूपमा सबैले चिनेका छन् ।

सानैदेखि पढाइलेखाइमा रुची राख्ने प्याकुरेलले नुवाकोटको चोगतेमा रहेको बागेश्वरी माध्यमिक विद्यालयबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । साथै वैदेशिक रोजगारमा समेत लामो समय बिताएका उनीसँग जीवन मात्र नभएर निर्जीवन बीमाको पनि एकदमै राम्रो ज्ञान छ ।

गाउँ समाजमा एक असल नागरिकको परिचय बनाएका उनले विभिन्न आर्थिक अभाव भोगिरहेकाहरूलाई समेत सहयोग गरेर समाजसेवी तथा अधिकारकर्मीको रूपमा समेत आफ्नो परिचय बनाएका छन् ।

‘२०८० सालको साउन महीनाको २२ गते आधिकारिक रूपमा अभिकर्ता लाइसेन्स लिएर बीमा व्यवसायको नयाँ यात्रा शुरु गरेको थिएँ । आम नागरिकहरूले यथार्थ कुरा नबुझिकनै कुनै विषयमा आफ्नो सोचाइ नै नकारात्मक बनाइदिन्छन् । बीमाको सन्दर्भमा पनि यही भएको छ । मानिसले पढ्नु, खोज अनुसन्धान गर्नु केही छैन तर हावाको तालमा नकारात्मक धारणा दिंदै हिड्छन् जुन एकदमै गलत कुरा हो ।’

‘बीमा क्षेत्रमा आएपछि आफ्नो निश्चित उद्देश्य तथा लक्ष्य बनाएर अघि बढ्नुपर्छ यसैमा धेरै पैसा छ र अर्को कुरा विदेश जान आवश्यक नै छैन । अभिकर्ताहरूले विभिन्न प्रलोभन देखाएर कहिल्यै बीमा गराउनु हुदैन । शर्तमा भएका कुराहरू उल्लेख गरी बीमा गराउँदा दाबी भुक्तानी तथा भविष्यमा कुनै पनि प्रकारका समस्या आउँदैनन् ।’

सिटिजन लाइफ इन्स्योरेन्स प्रवेश भएसँगै उनले आजसम्म सयौंभन्दा बढी नागरिकहरूको जीवन बीमा गरी उनीहरूको जोखिमको रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् । उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाका लागि एक असल छोरा र श्रीमतीको लागि एक असल तथा जिम्मेवार श्रीमान बन्न सफल भएका छन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो यसैले मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’

घर परिवारको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेका प्याकुरेल अभिकर्ता पेशाप्रति गौरवान्वित महसूस गरेको अनुभव सुनाउँछन् । उनले यस अवधिमा सयौं नागरिकको बीमा गर्न सफल भएका छन् । ‘मैले काठमाडौं, नुवाकोट लगायत देशका विभिन्न क्षेत्रलाई आफ्नो कर्मथलो बनाएको छु । मलाई कसैको बीमा गरिदिएर उसको जीवनमा आउने समस्याको सामाधान बन्न पाउँदा निकै सन्तुष्टि मिल्ने गरेको छ ।’

नागरिकहरूले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरूको स्वभाव, इमान्दारिता, बानी व्यहोरा र समाजमा उनीहरूको स्थापित छबीलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरूका कुरा सुनेर उनीहरूको बीमाप्रतिको नकारात्मक धारणा चिरेर अघि बढ्ने गरेको उनी बताउँछन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूलाई प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालीम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफू खुशी रहेको उनले बताए । अभिकर्ता पेशा आम नागरिकहरूले सोचेको भन्दा निकै फरक रहेको उनको व्यक्तिगत अनुभव छ ।

सिटिजन लाइफमा प्रवेश गरेसँगै प्याकुरेलको जीवनमा आमूल परिवर्तन आएको छ । उनी अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले देशका सयौं नागरिकहरूको बीमा गरेर जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*