एशियन लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
२९ पुष २०८२, मंगलवार ०९:१६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता आफ्नै संस्थापक शेयरधनीलाई नै दिनु पर्ने भएकाले हाल एशियन लाइफका विद्यमान संस्थापक शेयरधनीले मात्रै यो शेयर किन्न सक्नेछन्।
शेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ।












