रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, १२ प्रतिशत नगद लाभांश पारित
२९ पुष २०८२, मंगलवार १२:१२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको छ।
सभाले गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ।
साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ।
कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।













