हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता शेयर बिक्रीमा

३० पुष २०८२, बुधबार ०८:३९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा कायम रहेको ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयर नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर कारोबार निर्देशिका, २०७७ बमोजिम कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

अतः सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर किन्नका लागि प्रस्ताव नआएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*