एलआइसी नेपालको २४औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को चौबीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सो सभा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । साथै संस्थापक एवं स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता बढाउने, सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोकसन हिसाब तथा नदग प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गरेको थियो । सोही अनुरुप कायम रहेका शेयरधनीहरु सहभागी भएका छन् ।












