सूर्यज्योति लाइफको ११ लाख कित्ता शेयर बेचेर बाहिरिंदै ४ शेयरधनी

५ माघ २०८२, सोमबार ०७:३२

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार जना संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।

संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख २० हजार २४१ कित्ता, गौरव शारडाले २ लाख ७२ हजार ८४४ कित्ता र दिनेश प्रसाद श्रेष्ठले ७ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन्।

बीमकको संस्थापक शेयर कारोबार (खरीद/बिक्री) सम्बन्धी निर्देशिका, २०७७ बमोजिम उक्त शेयर हाल सूर्यज्योति लाइफकै संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

तोकिएको समयावधिभित्र कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूबाट सो शेयर खरीदका लागि बोलपत्र पेश नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति/संस्थालाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*