प्रभु महालक्ष्मी लाइफका शेरचनले चुमे सातौं पटक एमडिआरटीको उपाधि

६ माघ २०८२, मंगलवार १४:५०

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर एजेन्सी म्यानेजर नविन शेरचन एमडीआरटी २०२६ को लागि क्वालिफाइड भएर लगातार सातौं पटक एमडीआरटी क्वालिफाइड बन्न सफल भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट निरन्तर सातौं पटक एमडिआरटी क्वालिफाइड बन्ने उनी एकमात्र अभिकर्ता हुन् ।

लगातार दश वर्षसम्म एमडिआरटीमा क्वालिफाइड बन्दै विश्वको एकमात्र वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय संस्था एमडिआरटीको आजीवन सदस्याता लिने लक्ष्य लिएका शेरचनले २०२० एमडिआरटी देखि निरन्तर क्वालिफाइड हुँदै आएका छन् ।

बागलुङको बोङ्गादोभानमा जन्मेका बहुआयामिक व्यक्तित्व उनी बीमा अभिकर्ताको अतिरिक्त राजनीतिकर्मी समेत हुन् । जनमानसमा बीमा अभिकर्ताको माध्यमबाट बचत र सुरक्षाको वित्तीय साक्षरता फैलाइरहेका शेरचन प्रत्यक्ष तथा परोक्ष
रूपमा समाजसेवामा समेत जोडिएका छन् ।

उनी थकाली समुदायका पुरोहित, ढोरपाटन नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र लायन्स क्लब अफ काठमाडौं म्याग्दीका पूर्व अध्यक्ष समेत हुन् । निरन्तरको मेहेनत, लगनशीलता र धैर्यतामा विश्वास गर्ने उनी मानिसले आफू सफल हुनको लागि लक्ष्य र गन्तव्यलाई सदैव मानषपटलमा राख्दै आफ्नो कर्ममा दृढ विश्वास राख्नुपर्ने बताउँछन् ।

देशमा आर्थिक मन्दी छ, “यो देशमा केहीपनि हुन सक्दैन” भन्दै विसङ्गति बोध गर्ने हजारौं युवा आफ्नो मातृभूमि छोडेर विदेशीरहेको सन्दर्भमा पनि “हामी आफ्नै देशमा केही गर्न सक्छौं भन्ने” सन्देश आफूले दिन खोजिरहेको शेरचन बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*