न्वारनमा नातिनीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

७ माघ २०८२, बुधबार १२:४१

काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ ।

यसैक्रममा, तुलसीपुर उपमहानगर पालीका ६ निवासि प्रमिला हमालले नातीनि श्रीशा बुढाथोकीलाई बाबा सुरज कुमार बुढाथोकी प्रस्तावक बसेर अभिकर्ता कल्पना देबकोटा मार्फत ११ औ दिन (न्वारण) मा २० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट सो बीमा पोलिसी उपहार दिएका हुन् । बच्चाको आउँदो भविष्य र सुरक्षालाई मध्यनजर गर्दैै उक्त बीमा पोलिसी उपहार दिएको बीमितका परिवारले बताएका छन् । सो बीमा पोलिसी कम्पनीका तुलशीपुर शाखा प्रमुख सुजन शाह र अभिकर्ता कल्पना देवकोटाले हस्तान्तरण गरेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*