लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको कास्कीमा नयाँ उप–शाखा कार्यालय संचालन

११ माघ २०८२, आईतवार १७:५२

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तारको योजना अनुरुप गण्डकी प्रदेश, कास्की जिल्ला, शुक्लागण्डकी गाउँपालिकाको दुलेगौडामा नयाँ उप–शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त उप–शाखा कार्यालयको शुक्लागण्डकी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष तथा प्रमुख अतिथि राजेन्द्र भट्टराईले एक कार्यक्रमकाबीच माघ १० गतेको दिन समुद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले गरेका थिए । कार्यक्रममा विषेश अतिथि शुक्लागण्डकी गाउँपालिका वडा नं. १० का वडासदस्य कुस्माखर खत्री, कम्पनीका बजार विभाग प्रमुख अशोक कुमार कुँवर, गण्डकी, लुम्बिनी प्रदेश क्षेत्रका प्रमुख शिव प्रसाद पौड्याल, दावी विभाग प्रमुख गोविन्द रेग्मी, उप–शाखा प्रमुख फत्त बहादुर खड्का, बिक्री अधिकृतहरु अर्जुन सिग्देल, ममता घिमिरे, चीफ एजेन्सी म्यानेजरहरु अर्जुन पौडेल, सुर्य लक्ष्मी श्रेष्ठ, उमाकन्त श्रेष्ठ, सोम श्रेष्ठ, एजेन्सी म्यानेजरहरु अभिकर्ताहरुको लगायत स्थानीय ब्यक्तित्वहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र भट्टराईले दुलेगौडामा कम्पनीको उपशाखा स्थापनाले यस क्षेत्रका बासिन्दाहरुको लघु जीवन बीमा सेवामा सहज पहुच हुनगई क्षेत्रवासी लाभान्वित हुने कुरा बताए । साथै स्थानीय निकायको प्रतिनिधिको हैसियतले आफु, आफ्नो वडा कार्यालय तथा गाँउपालिकाका तर्फबाट यस क्षेत्रका अति गरीबवर्गको लघु जीवन बीमाका लागि तथा बीमा जागरुकताका लागि आवश्यक पहल गर्ने प्रतिवद्घता समेत ब्यक्त गर्दै कम्पनीको उपशाखाको सफलताको लागि शुभकामना ब्यक्त गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले कम्पनीले आफ्नो उद्देश्य अनुसार पिछडिएको वर्ग, समुदाय तथा क्षेत्रमा लघु जीवन बीमाको पहुँच तथा सचेतना वृद्धि गर्ने कार्यमा स्थानीय निकाय, सहकारी संस्था, लघु वित्त संस्था, विद्यालय तथा अन्य संघ संस्थाहरु संग सहकार्य गर्दै अघि बढिरहेको र भविष्यमा यस कार्यलाई निरन्तरता दिने प्रतिवद्घता ब्यक्त गर्दै उपस्थित सम्पुर्णलाई धन्यवाद दिदैं कार्यक्रम समापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*