नेपाल लाइफ र एलआईसीको नविकरण बीमा शुल्क आर्जन सर्वाधिक, सन नेपाल–आइएमईको उच्च बृद्धि

१४ माघ २०८२, बुधबार १३:४४

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष महिनासम्मको अवधिमा ७२ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ बराबरको कुल नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

विवरण अनुुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १४.७५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।

नविकरण बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र एलआइसी नेपाल अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा, आइएमई लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा नविकरण बीमा शुल्क आर्जन ६.२९ प्रतिशतले बृद्धि गर्दै १९ अर्ब ५२ करोड १३ लाख रुपैयाँ पुगाउँन सफल भएको छ ।

दोस्रो नम्बरमा रहेको एलआइसी नेपालको नविकरण बीमा शुल्क आर्जन ५.१० प्रतिशतले बढेर ८ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा १५.४९ प्रतिशतले बढाएर ८ अर्ब २६ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क आर्जन ५.६५ प्रतिशतले बृद्धि भई सात अर्ब ४५ करोड ६५ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको १५४.०३ प्रतिशतले बृद्धि भई पाँच अर्ब ७१ करोड २७ रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १२.६३ प्रतिशतले बृद्धि भई चार अर्ब २२ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा एशियन लाइफ इन्स्योरेन्सको ६.४८ प्रतिशतले बृद्धि भई तीन अर्ब ५० करोड ६६ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १५.१९ प्रतिशतले बढेर दुई अर्ब ७४ करोड २८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ११.०३ प्रतिशतले बढेर दुई अर्ब ६३ करोड नौ लाख रुपैयाँ र मेट लाइफ नेपालको १०.८६ प्रतिशतले बढेर दुई अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क आर्जन २२.५० प्रतिशतले बढेर दुई अर्ब ८ करोड ३६ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको २१.६१ प्रतिशतले बढेर दुई अर्ब एक करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १४.५८ प्रतिशतले बढेर एक अर्ब ९९ करोड ८० लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २०.३१ प्रतिशतले बढेर एक अर्ब ५६ करोड २० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*