लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे ५४ करोड, क्रेष्टको सर्वाधिक
१४ माघ २०८२, बुधबार १४:४३

काठमाडौं । नेपालमा सञ्चालन रहेका लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ५४ करोड ४९ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले बुधबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार तीन लघु जीवन बीमा कम्पनीहरुले सो व्यवसाय गरेका हुन् । समीक्षा अवधिमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी व्यवसाय गरेको छ । यस अवधिमा कम्पनीले १९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

साथै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १९ करोड ४७ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १५ करोड ५२ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।












