सर्वाेच्च अदालतबाट ओझाकाे अल्पकालिन अन्तरिम आदेश खारेज, बीमा प्राधिकरण फर्कने याेजनामा ब्रेक

१८ माघ २०८२, आईतवार १६:४६

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालित विवादित अध्यक्ष सरद ओझाको अल्पकालिन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरिदिएको हो ।

अल्पकालिन अन्तरिम आदेश खारेज भएसँग ओझाको बीमा प्राधिकरण फर्किने ओझाको योजनामा ब्रेक लागेको छ ।

आदेशमा भनेको छ, ‘नेपाल सरकारले सो छानविन समितिलाई दिएको कार्यादेश नै कानून बमोजिम नभएको भन्न निवेदन जिकिर भएतापनि सो प्रश्न प्रस्तुत निवेदनको अन्तिम किनारा हुँदाका बखत निरुपण हुनुपर्ने प्रकृतिको देखिँदा हाल सो समितिको प्रतिवेदन बमोजिम भए गरेको निर्णय र काम कारवाही रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नु उचित देखिएन । तसर्थ, यस अदालतबाट मिति २०८२।०५।२३ मा जारी अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन। कानून बमोजिम गर्नू।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*