नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल राजीनामा दिँदै

१८ माघ २०८२, आईतवार १७:४४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि स्वतः निलम्वनमा परेका नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले राजिनामा दिन लागेका हु्न् ।

आज निलम्वनमा परेपछि बीमापोष्टसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले आफूले बुझबुझारथ गरेर हिडिसकेको अवस्थामा मुद्दा दर्ता गर्नु कानुन विपरित भएको बताउँदै नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षबाट राजिनामा दिने बताए । उनले भने, ‘म अब सरकारी नियुक्ती खान्न राजिनामा दिन्छु ।’

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*