काठमाडौँमा सहकारी संस्थाहरूको निरीक्षण: महानगरले माग्यो १४ प्रकारका कागजात
१९ माघ २०८२, सोमबार १६:०५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ क्षेत्रका सबै सहकारी संस्थाहरूको अनुगमन र स्थलगत निरीक्षण गर्ने भएको छ।
महानगरपालिकाको सहकारी विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । आगामी दिनहरूमा सहकारी संस्थाहरूको गतिविधिहरूको निगरानी गरिनेछ। यस क्रममा, सहकारी संस्थाहरूले १४ विभिन्न प्रकारका कागजात र अभिलेख पेस गर्नुपर्नेछ।
निरीक्षणका लागि आउने टोलीलाई कागजात, अभिलेखसहितका १४ प्रकारका विवरण उपलब्ध गराउन महानगरले आग्रह गरेको छ।













