कालिञ्चोक हाइड्रोपावरले १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने पायो अनुमति
१९ माघ २०८२, सोमबार १७:२८

काठमाडौँ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ १९ गते आईपीओको अनुमति प्रदान गरेको हो ।
अब कम्पनीले अंिकत मूल्य १०० रुपैयाँमा १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशीक रोजगारीमा गएका नेपाली कामदारलाई जारी गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन गर्ने छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।












