प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
२० माघ २०८२, मंगलवार ०८:४२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ।
बैंकले संस्थापक शेयरधनीद्वय रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता शेयर बिक्रीमा राखेको हो।
यी शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्रीमा राखिएको हो। संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि आह्वान गरिसकिएकाले अब भने संस्थापक र सर्वसाधारण लगायत सबैले खरीद गर्न पाउने बैंकले जनाएको छ।
अतः यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र काठमाडौंको नारायणहिटीपथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।












