कम्पनीकै त्रुटिका कारण फक्सवागन ब्रान्डका सवारीमा आगलागी जोखिम, ५२ हजार गाडी रिकल

काठमाडौँ । फक्सवागन ब्रान्डका सवारी सधानमा आगलागीको जोखिम गरेको खुलेको छ । उच्च भोल्टेज ब्याट्रीका केही मोडलहरू अत्यधिक तात्ने र त्यसबाट आगलागी हुने जोखिम रहेका कारण ५२ हजार सवारी रिकल गरीएको हो ।
फक्सवागन ब्रान्डका अधिकांश मोडलमा सो जोखिम रहेपनि कम्पनीले एसयुभी आईडी–४ रिकल अभियान सुरु गरेको छ । कम्पनीका अनुसार यो समस्या दुर्लभ भए पनि सम्भावित जोखिमलाई बेवास्ता गर्न नसकिने भन्दै अमेरिकामा ४३ हजार ८८१ र क्यानडामा ८ हजार ५२६ गरी कुल ५२ हजारभन्दा बढी सवारीसाधन रिकलको दायरामा परेका छन् । यी सवारी साधन सन् २०२३ देखि २०२५ मोडेल वर्षका हुन् ।
फक्सवागनले जनवरी २१ मा बुझाएको विवरणअनुसार ब्याट्री प्याकभित्र रहेका मोडलहरूमा ‘तातो सर्ने प्रक्रिया’ देखिन सक्ने अवस्था छ, जसले आगलागीको जोखिम बढाउँछ। कम्पनीले सन् २०२४ मै केही घटना भएको जानकारी पाए पनि त्यसबेला यसको ठोस कारण पत्ता लाग्न सकेको थिएन। पछि डिसेम्बर ३, २०२५ मा आपूर्तिकर्ता एसके ब्याट्री अमेरिकाले ब्याट्री खोल्दै गरिएको अध्ययनमा ‘सरेका इलेक्ट्रोड’ सहितका क्षतिग्रस्त सेल मोडल फेला पारेपछि फक्सवागनले यसअघि नै एक रिकल दर्ता गरेको थियो ।
यो पछिल्लो रिकल भने उत्पादन प्रक्रियाबाटै उत्पन्न भएको अर्को हार्डवेयर समस्यासँग सम्बन्धित छ । आपूर्तिकर्ताले पहिचान गरेको नयाँ समस्याले पनि इलेक्ट्रोड सर्ने अवस्था सिर्जना गर्न सक्ने र अन्ततः आगलागीमै परिणत हुन सक्ने जोखिम देखिएको छ ।
नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसन नेपाल रहेको छ ।












