सन नेपाल र आइएमई लाइफको मुनाफामा कडा प्रतिस्पर्धा, कुन सूचकमा को बलियो ? (तथ्यांकसहित)

२२ माघ २०८२, बिहीबार १४:१८

काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुमध्ये तीन वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा आइएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले तीव्र रुपमा व्यवसायिक सफलता हासिल गर्दै गएका छन् । लाखौ नागरिकहरुको अर्बौ प्रिमियम यी कम्पनीहरुमा रहेको छ ।

नेपाली बीमा क्षेत्रमा करिव एक दशक अवधि जीवन बीमा व्यवसाय गर्दै हजारौं मानिसहरुले जीवन बीमा गरेर आफ्नो जीवन रक्षावरणको जिम्मा लगाएका छन् । नागरिकहरुले पछिल्लो समय बलियो वित्तीय विवरण र बीमा क्षेत्रमा कुनै पनि विवादमा नपरेका विश्वासिला कम्पनीहरुलाई बीमा गर्नको लागि बढी रुचाउने गर्दछन् । सोही आधारमा आइएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सलाई बीमापोष्टले वित्तिय विवरणमा आधारित रहेर दाँजेर हेर्दा यस्तो चित्र कोरिएको छ ।

चुक्ता पुँजीको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अघि रहको छ । कम्पनीको चुक्ता पुँजी यस अवधिसम्ममा पाँच अर्ब तीन करोड १२ लाख रुपैयाँ रहेको छ । साथै, आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ रहेको छ ।

जगेडा कोषमा पनि सन नेपाल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ५४ करोड ८५ लाख रुपैयाँ रहेको छ । साथै, आइएमई लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ४३ करोड ४२ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

स्रोतः कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

जीवन बीमा कम्पनीमा जीवन बीमा कोष निकै महत्वपूर्ण पक्ष हो । समीक्षा अवधिमा आइएमई लाइफ इन्स्योरेन्सको बीमा कोष बलियो रहेको छ । कम्पनीको यसमा १५ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ सञ्चिती रहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको ११ अर्ब चार करोड ७९ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको खुद बीमा व्यवसाय तीन अर्ब १९ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको दुई अर्ब २६ करोड ५८ लाख रुपैयाँ रहेको छ । कुल बीमा दावी भुक्तानीको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अघि रहेको छ । सन नेपाल लाइफको ७२ करोड ७४ लाख रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ६४ करोड ४१ लाख रुपैयाँ रहेको छ । आइएमई लाइफ इन्स्योरेन्स कुल खर्चमा र कर्जा तथा लगानीबाट भएको आम्दानीमा पनि अघि रहेको छ ।

खुद नाफा आर्जनमा सन नेपाल लाइफ इन्स्योरेन्स अघि रहेको छ । कम्पनीले समीक्षा अवधिमा २८ करोड ५४ लाख रुपैयाँ मुनाफा कमाएको छ । साथै, आइएमई लाइफ इन्स्योरेन्सले २७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*