एशियन लाइफले ६ महीनामा कमायो २६ करोड ३५ लाख नाफा, जीवन बीमाकोष ५० अर्बभन्दा माथि

२३ माघ २०८२, शुक्रबार ०७:१६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्म) सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले चालू आवको ६ महीनामै २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

वित्तीय विवरण अनुसार यस कम्पनीले गत आवको पुस मसान्तसम्म २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ५.३० प्रतिशतले वृद्धि भएको हो। चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले खुद नाफा बढ्न मद्दत पुगेको हो।

गत आवको पुस मसान्तसम्म ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको पुस मसान्तम्म ११.४० प्रतिशतको वृद्धि सहित ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको तथ्यांकले देखाएको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ९ करोड १२ लाख रुपैयाँबाट ७.३४ प्रतिशतले बढेर ६ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने सोही अवधिमा कुल खर्च ५ अर्ब ५२ करोड ८१ लाख रुपैयाँबाट ८.४० प्रतिशतले बढेर ५ अर्ब ९९ करोड २२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि ३५ करोड २५ लाख रुपैयाँबाट ११.२४ प्रतिशतले बढाएर ३९ करोड २२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १०.०१ रुपैयाँबाट बढेर १०.५४ रुपैयाँ कायम भएको छ भने जीवन बीमाकोष ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँबाट बढेर ५० अर्ब ८५ लाख रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.७३ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३१ करोड ३८ लाख रुपैयाँ र जगेडा कोषमा ९१ करोड ९० लाख रुपैयाँ सञ्चिति रहेको छ। पुस मसान्तसम्म आइपुग्दा कम्पनीको सम्पत्तिको कुल मूल्य ५९ अर्ब १२ करोड ७४ लाख रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*