नेशनल लाइफ इन्स्योरेन्स कीर्तिपुर शाखाका ब्रान्च म्यानेजरको शिव शरण महर्जनको निधन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कीर्तिपुर शाखाका ब्रान्च म्यानेजर शिव शरण महर्जनको निधन भएको छ । कम्पनीमा लामो समयदेखि आवद्ध भएर काम गरीरहेका महर्जनको सोमबार (माघ २६ गते) निधन भएको हो ।
कम्पनीले ब्रान्च म्यानेजर महर्जनको असामायिक निधन भएको हुँदा उनको दिवंगत आत्माको चिर शान्तिको कामनासहित श्रदान्जली अर्पण गरेको छ । साथै, उनको शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने कामनाको साथ समवेदना व्यक्त गरेको छ ।
नेपाली बीमा क्षेत्रले एक अनुभवी, होनाहार र क्षमतावान कर्मचारी गुमाएको छ । उनले नेशनल लाइफ इन्स्योरेन्समा आवद्ध भएर समग्र बीमा उद्योगको विकासको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।












