यस्तो देखियो दोस्रो त्रैमासमा मेटलाइफको वित्तीय अवस्था

काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनासम्म २२ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवको ६ महीनामा ८.५६ प्रतिशतको गिरावट सहित २० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आवको पुस मसान्तसम्म २ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म १३.१७ प्रतिशतको वृद्धि सहित ३ अर्ब १० करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.१७ प्रतिशतले बढ्दा कुल खर्च १०.२७ प्रतिशतले बढेको छ भने अभिकर्ता कमिशन १४.२७ प्रतिशतले बढेको छ।
कम्पनीको महाविपत्ति कोषमा ६३ करोड २७ लाख रुपैयाँ, जगेडा कोषमा २ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ र जीवन बीमाकोषको आकार ३१ अर्ब ९ करोड ३९ लाख रुपैयाँ रहेको छ। सोल्भेन्सी मार्जिन अनुपात २.०८ प्रतिशत रहेको कम्पनीको कुल सम्पत्तिको मूल्य ३८ अर्ब रुपैयाँभन्दा माथि रहेको छ।













