नेपाल माइक्रो इन्स्योरेन्सले कमायो १ करोड ३५ लाख नाफा

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्ममा १ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा कम्पनीले साढे २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ करोड ७२ लाख रुपैयाँबाट घटेर ३ करोड ४३ लाख रुपैयाँमा झरेको छ भने कुल आम्दानी ६ करोड ८५ लाख रुपैयाँबाट बढेर १३ करोड ४० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल खर्च पनि समीक्षा अवधिमा ६ करोड ८१ लाख रुपैयाँबाट बढेर ११ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने कमिशन बापत अभिकर्तालाई दिइएको रकम साढे ५ लाख रुपैयाँबाट बढेर ८ लाख रुपैयाँ नाघेको छ।
समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ०.०१ रुपैयाँबाट ३.६१ रुपैयाँ कायम भएको छ भने सोल्भेन्सी अनुपात १.८३ प्रतिशतबाट बढेर २.०३ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०१.६५ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा ९२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ लाख रुपैयाँ र जगेडा कोषमा साढे २२ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले २७ करोड ७९ लाख रुपैयाँको बीमाकोष खडा गर्न सफल भएको छ।












