सहकारीबाट यूटर्न भएकी सानिमा रिलायन्स लाइफकी भेषु कुमारी श्रेष्ठ, बीमा व्यवसायमा पाइन् उल्लेख्य सफलता

‘सहकारीको जागिर खाइरहँदा नपाएको खुशी भेटको छु’
१ फाल्गुन २०८२, शुक्रबार १७:४३

निरन्तर संघर्ष गर्नु नै सफल जिन्दगीका कलाहरूमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन्, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी अभिकर्ता भेषु कुमारी श्रेष्ठ ।

मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान, दशकौं समय सहकारीमा काम गरेको अनुभव हासिल गरेकी श्रेष्ठले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आवद्ध भएको शुरुवाती समयदेखि नै लोभलाग्दो प्रगति गर्न सफल भएकी छिन् ।

शुरुमा सृष्टी सहकारीमा काम गरिरहेकीअभिकर्ता भेषु कुमारी श्रेष्ठलाई बीमा अभिकर्ता बन्दा सफल भइएला की नभएला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज भेषु कुमारीलाई सानिमा रिलायन्स लाइफकी उत्कृष्ट एजेन्सी म्यानेजर बनाएको छ ।

देशको विकराल अवस्थामा एकपटक एमडीआरटी समेत बन्न नसक्ने अभिकर्ताहरुको बिचमा उनी तीन पटकसम्म एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएकी छिन् । कम्पनीले ल्याएका हरेक योजनामा छनौट हुदै विभिन्न भ्रमण तथा सिक्ने अवसर समेत प्राप्त गर्दै आएकी छिन् ।

रामेछाप जिल्लामा जन्मिएकी भेष कुमारी अहिले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सल्लाघारी शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छिन् । शुरुवाती समयदेखि नै सहकारी तथा वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेकी उनले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित भएकी छिन् ।

आम बीमितहरुको लागि भेष कुमारी एक एजेन्सी म्यानेजर हुन् । घर परिवार र श्रीमानको उल्लेख्य साथ पाएर अघि बढीरहेकी उनले सयौं बीमितहरुको जिम्मेवारीलाई समेत काधमा राखेर हिडेकी एक सफल, इमान्दार, निडर र क्षमतावान अभिकर्ता हुन् । देशका सयौं नागरिकहरुको करोडौं रुपैयाँको बचत गराउनुको साथै उनीहरुको दैनिक जीवनमा आईपर्ने घटनाहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।

२०७६ सालमा आधिकारीक रुपमा सानिमा रिलायन्स (तत्कालिन सानिमा) लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा व्यवसायको सुरुवात गरेको सुनाउछिन् उनी । ‘सुरुमा मलाई त बीमाको बारेमा त्यति धेरै ज्ञान थिएन् । आफ्नो घरपरिवार अनि छोराछोरीको ख्याल गर्नमा व्यस्त थिए । सहकारीको कामले पनि राम्रो कमाई भइरहेको थियो ।’

अभिकर्ता पेशामा एउटा लक्ष्य निर्धारण गर्न आवश्यक छ । उनले कम्पनीले दिएका विभिन्न टार्गेटहरु पुरा गर्दै आएकीछिन् । ‘बजारमा अभिकर्ता पेशाबारे थुप्रै प्रकारका धारणा छन् । मैले त राम्रोसँग बुझाएर, बीमा पोलिशीका शर्त बमोजिमका कुराहरुबारे मात्र बुझाएर बीमा गराउने गरेकी छु । म यो सामाजिक सञ्जालको पनि प्रयोग गर्दिन् । व्यक्तिगत रुपमा बुझेर बीमा गराउने गरेको छु ।’

बजारमा बीमाबारे सकारात्मक र नकारात्मक दुबै बराबर रहेको र नकारात्मक धारणालाई सकारात्मक सोचमा समेत परिणत गरेर बीमा गराउने गरेको उनले बताइन् । ‘मानिसहरुलाई एकैबोलीमा बीमा गराउन अलिक गारो नै हुन्छ । तर उनीहरुलाई राम्रोसँग बुझाउन सक्यौ र आर्थिक रुपमा समझदारी गरेको अवस्थामा असम्भव भन्ने केही छैन्।’

‘मैले बीमाबारे धेरै अध्ययन गरें । अनि नागरिकहरूसँग उनीहरूलाई सहज हुने समयमा भेटघाट गर्थें । पहिला उनीहरूका सबै कुरा सुनेपछि मात्रै सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु । सहकारीमा काम गर्दाको मेरो इमान्दारीता र धैर्यताले मलाई बीमा क्षेत्रमा सफलता हासिल गर्न निकै ठूलो सहयोग गरेको छ ।’

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न तालीम, मोटिभेशनल कार्यक्रम तथा अभिकर्ता पुनर्ताजगि लगायतका कुनै पनि कायक्रम आफूले छोड्ने नगरेको उनी बताउँछिन् । ‘आजको सानो बचतले भोलि हुनसक्ने ठूलो समस्या समाधानको बाटो नै बीमा हो । बचतका साथै सुरक्षा पनि प्रदान गर्ने भएकाले जीवन बीमा एकदमै आवश्यक रहेको छ ।’

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर उनले समग्र बीमा क्षेत्रमा भएका नकारात्मक कुराहरुलाई चिर्दै अघि बढीरहेकी छिन् । ‘बीमा गर्दाखेरी बीमापोलिसीको शर्त अनुसार बुझाएर गराएको खण्डमा कुनै पनि किशिमले डराउनु पर्ने अवस्था आउँदैन् । त्यसैले हामीले चोरेको होइन्, गलत गरेको होइन्, निर्धक्क बीमा गर्ने अघि बढ्नुपर्छ।’ आउँदो समयमा समेत अभिकर्ता पेशालाई अघि बढाउने बताउँदै आफ्ना सम्पूर्ण सहयोगी र बीमितलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*