छोरीको बिहेमा जीवन बीमा उपहारः राम नारायण साहु सुडीको प्रेरणादायी कदम
४ फाल्गुन २०८२, सोमबार १८:०५

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको मिर्चैया शाखामा कार्यरत एमडिआरटी बिजेता एजेन्सी म्यानेजर राम नारायण साहु सुडीले आफ्नो छोरीको बिहेको अवसरमा जीवन बीमा क्षेत्रमा एउटा नयाँ र प्रेरणादायी पहल गरेका छन्। उनले छोरीको ज्वाइँको नाममा २० लाख रुपैयाँको जीवन बीमा गराएर आफ्नो आशिर्वाद स्वरूप बीमा पोलिसी हस्तान्तरण गरेका हुन्।
पारम्परिक रूपमा विवाहको अवसरमा अङ्ग्रेजी संस्कृतिअनुसार मात्र दुलही–दुलाहाको लागि उपहार दिइन्छ। तर राम नारायण साहु सुडीले छोरीको जीवन सुरक्षा र वित्तीय सुरक्षामा जोड दिँदै बीमा उपहार दिने नयाँ सोच प्रस्तुत गरेका छन्।












