छोराको जन्मदिनमा कुर्मीले दिए १० लाखको सन नेपाल लाइफको बीमा उपहार

५ फाल्गुन २०८२, मंगलवार १३:४०

काठमाडौँ । पोखरिया नगरपालिका–१ पर्साका सुनिल कुमार कुर्मीले आफ्ना ४ वर्षका छोरा क्षितिजको जन्मदिनको अवसरमा विशेष उपहार स्वरूप बीमा योजना प्रदान गरेका छन्।

कुर्मीले आफ्नो छोराको भविष्य सुरक्षाको लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरिया शाखा मार्फत बीमा उपहार दिएका हुन्। उक्त बीमा उपहारको बीमांक रकम १० लाख रुपैयाँ रहेको छ।

बीमा उपहार कार्यक्रमका अवसरमा सन नेपाल लाइफका शाखा प्रमुख महाविर ठाकुर पनि उपस्थित रहेर शुभकामना व्यक्त गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*