नेशनल लाइफ ३९औं वर्षमा प्रवेश, बीमितमैत्री बीमा सेवा र उच्च प्रतिफल दिने प्रतिवद्धता

काठमाडौं । २०४४ साल आजकै दिन अर्थात फागुन १० गतेबाट औपचारिक कारोबार सुरु गरेको नेशनल लाइफ इन्स्योरेन्स आजबाट ३८ वर्ष पुरा गरी ३९औं वर्षमा प्रवेश गरेको छ । ३९औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले ३९औं वर्ष प्रवेशको अवसर देशका विभिन्न शाखा कार्यालय तथा केन्द्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा देशका विभिन्न स्थानका आश्रमहरुलाई सहयोग गरी वार्षिकोत्सव मनाइरहेको छ । साथै, देशभरी छरिएर रहेका कम्पनीका शाखा कार्यालयहरुले यस अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्दै आएका छन् ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०४४ साल फागुन १० गतेदेखि कारोबार सुरु गरेको थियो । झण्डै चार दशकदेखि जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशमा जीवन बीमा व्यवसायको सूरुवाती चरणदेखि लिएर आजसम्म बीमा सेवा उपलब्ध गराउनमा नेशनल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी महत्वपूर्ण भुमिका रहेको छ ।
३९औं बार्षिकोत्सवको अवसर पारेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ । गौरवपूर्ण चार दशक अर्थात ३८ वर्ष पुरा गरी ३९औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीका सीईओ खत्रीले सम्पूर्ण बीमित, कर्मचारी, अभिकर्ता, शेयरहोल्डर, सञ्चालक समिति तथा नियामक निकायलाई धन्यवाद व्यक्त गरेका छन् । उनले कम्पनीका सम्पूर्ण वित्तीय सूचांकहरु एकदमै बलिया रहेका र आउँदो दिनमा अझै बलियो बीमा कम्पनीका रुपमा स्थापित हुने प्रतिवद्धता जनाएका छन् ।

फाइल तस्विर
साथै, कम्पनीले आगामी वर्षहरुमा पनि बीमित र उनीहरुको परिवारको साथमा रहेर जोखिम बहन गरिरहने जनाएको छ । कम्पनीका अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी ३८ वर्षको अवधिमा लाखौ मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन् ।
चार दशकदेखि नेपाली बीमा क्षेत्रमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै बीमा सेवा र दावी भुक्तानीमा अग्रस्थानमा रहदै आएको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री रहेका छन् । उनले कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका छन् । प्रेमा राज्य लक्ष्मी सिंह सञ्चालक समिति अध्यक्ष रहेको नेशनल लाइफ इन्स्योरेन्समा सरस्वती अधिकारी, पवन बहादुर पाण्डे, कुशल मल्ले, भवानी राणा र कुलदिप शरण सिंह सञ्चालक रहेका छन् ।
त्यस्तै, कम्पनीको डेपुटी सिईओमा स्मृतिराज कडेल, डेपुटी जनरल म्यानेजरमा प्रज्वल श्यामी, चिफ म्यानेजरमा सुस्मीता राणा, एसिस्टेन्ट चिफ म्यानेजरमा कृष्ण महर्जन लगायतको अनुभवि तथा उत्कृष्ठ कार्यसम्पादन भएको व्यवस्थापकीय समुह रहेको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा,
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा करिव एक खर्ब रुपैयाँ सञ्चिती रहेको छ । यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १० अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी पाँच अर्ब ६९ करोड रहेको नेशनल लाइफ इन्स्योेरेन्स वित्तीय सूचांकमा उत्कृष्ट बन्न सफल भएको छ ।












